काठमाडौँ/१८ फागुन २०७८
पोखरेली युवा सांस्कृतिक परिवारले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्मृतिमा ‘अमर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’को स्थापना गरेको छ । स्वदेश या विदेशमा रहेर नेपाली गीत, सङ्गीत, गायन र वाद्यवादन विधामायोगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा यो पुरस्कार दिइने छ । पुरस्कार विसं २०७९ वर्षदेखि प्रदान गरिने छ ।
संस्थाले सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठानका पूर्वकुलपति सरूभक्त श्रेष्ठको संयोजनमा एक पुरस्कार स्थापना समिति गठन गरेको छ । समितिमा सङ्गीत तथा नाट्य प्रज्ञा- प्रतिष्ठानका पूर्वसदस्य- सचिव तीर्थ श्रेष्ठ सहसंयोजक तथा सदस्यमा विक्रम गुरुङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, चैतन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल र एमडी काफ्ले छन् ।