• २०८२ आश्विन २३, बिहीबार

तीन सर्जकलाई काव्य सम्मानको घोषणा

काठमाडौं ।

घुम्ती कवि गोष्ठी नेपालले तीन साहित्यकारलाई काव्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साहित्यकार विजयध्वज थापालाई ‘घुम्ती नालाङ्ग काव्य सम्मान २०८२’, प्रा.डा. हेमनाथ पौडेललाई ‘घुम्ती रमाबद्री काव्य सम्मान २०८२’ र पुरुषोत्तम सिग्देललाई ‘बलभद्र टंक छन्द काव्य सम्मान २०८२’ प्रदान गर्ने निर्णय गरेको हो ।

सम्मानका साथ नगद राशि १० हजार रुपैयाँसमेत प्रदान गरिने गोष्ठीका रामचन्द्र दाहालले जानकारी दिए ।