• २०८० असोज ७ आइतबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

दशैँ आयो तिहार आयो आफू छु विदेशमा
बाटो हेर्दै मलाई कुर्दै बस्दैछन् स्वदेशमा
आउन पाइनँ घर,
आएन मलाई दशैँ आएन तिहार

दशैँको टीकाजमरा सम्झन्छु झलझली
सम्झन्छु तिहारको सयपत्री र मखमली
खुसी छायो बहार आयो आफू छु विदेशमा
बाटो हेर्दै मलाई कुर्दै बस्दैछन् स्वदेशमा
आउन पाइन घर,
आएन मलाई दशैँ आएन तिहार

दशैँमा साथीसङ्गी सम्झन्छु वरिपरि
सम्झन्छु तिहारमा देउसीभैलो घरिघरि
हर्ष छायो खुशियाली आयो आफू छु विदेशमा
बाटो हेर्दै मलाई कुर्दै बस्दैछन् स्वदेशमा
आउन पाइनँ घर,
आएन मलाई दशैँ आएन तिहार


डम्बर बिकेल