काठमाडौं ।
गीतकार वसन्त वित्यासी थापाको नयाँ गीत ‘फूलसँग छ काँडा’ सार्वजनिक भएको छ । गंगादेवी महर्जनको स्वर र अष्ट लामाको संगीत तथा संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
डी. स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिनेश श्रेष्ठको मिक्सिङ तथा मास्टरिङ छ । भकारी एम डि सीको प्रस्तुति रहेको यो गीत बेष्ट टोन म्युजिक युट्युब च्यानलमार्फत् सुन्न सकिन्छ ।