• २०८१ माघ २ बुधबार

के हुन्छ

हिरनमयी आचार्य शर्मा

हिरनमयी आचार्य शर्मा

विलौना गरि के हुन्छ ?
जे हुनु छ त्यही हुन्छनै ।

गुलाफ फूलमा काँढा हुन्छ
सानै अभिमानमा पनि टाढा हुन्छ !

नहुने पनि खै के हुन्छ ?
“गीता” मा जे हुन्छ राम्रै हुन्छ,
भने जस्तै हुन्छ
कि अदालतमा “म सबै साँचो बोल्दछु”,
भने जस्तै हुन्छ
विलौना गरि के हून्छ ?
के सिद्धान्तहरू आफ्नु मात्रै हुन्छ ?
“हामी दुई एकजना”भन्नै हुदैन ?
“तिमी मेरी म तिम्रो” भनाई
मा मात्रै हुन्छ
हामी दुबैजना मिलेर कर्म गरौँ
भन्ने कहाँ हुन्छ ?
मूखमा मात्रै या कागतमा मात्रै हुन्छ
के विलौना गरि के हून्छ ?
जे हुनु छ त्यहि हुन्छ नै ।


हिरनमयी आचार्य शर्मा (गुवाहाटी,असम,भारत)
[email protected]