प्रेमको अर्थ के हो
आफूलाई त्यसरी हेर्न सिक्नु
जसरी कसैले हेर्ने गर्छ- टाढाको कुनै चिज
किनकी तिमी भएभरका चिजहरूमध्ये
फगत एउटा चिज मात्र हौ ।
र जो कसैले पनि हेर्न सक्छ यसरी
उसले अन्जान मै निको पारिसक्छ
आफ्नो मनका धेरै विमारीहरू
एउटा चरा र एउटा रूखले
उसलाई साथी बनाउन सक्छन् ।
त्यसपछि उसले प्रयोग गर्न खोज्छ
आफुलाई र चिजहरूलाई
ताकि ऊ परिपक्कताको दीप्तिमा रहोस्
यो आवश्यक छैन कि
उसलाई थाहा नै होस्
आफ्नो सेवाका बारेमा
सबैभन्दा राम्रो सेवा गर्नेले
सधैं बुझ्दैन यो कुरा ।
अनुवाद: राजेन्द्र शलभ