कविता

काठमाडौँ ।
रमा कार्कीको रचना रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले बजारमा ल्याएको गीतमा अभिज्ञा घिमिरेको श्वर र महेश खड्काको संगीत रहेको छ ।
गीतमा अहिलेकी लोकपृय मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायतको अभिनय र नृत्य रहेको छ । म्यूजिक भिडियोको निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य निर्देशक प्रशान्त मगर रहेका छन् ।