अष्ट्रेलिया बसेर आए उनी, गुनी, मान्छे हेर्दा नै औजी, गोरा, तर नेपाली नै हुन् । अलि हलचल, तरङ्ग मच्चाउने नेपालको खास जिल्लामा पुगे । प्रयोजन उही अक्षरखेती, जापान बसेर आएका एक साथीको किताबमाथि बोल्नुथियो । साथी, यशनाथ सन्तोषजी सवारी मन्त्री म, मेरो निवासलाई पवित्र बनाउने, मेरो इतिहास, भूगोल र गणित राम्रो छ । पोर्टफोलियो मिल्छ । म पनि औजीकै मुलुकमा बसेर आएको गुड लक कमल, हिलोको ।
प्रोफेसर विवेकनाथ रफी किशोरोपाध्याय !
आहा, नाथ नै नाथ, लु लु, म अनाथ हुन्न । तीन नाथ हुने, अर्का विश्वनाथ ! कुरा गर्ने, भिडिओ कलमा, कल्गेरीमा साथी ! आए औजी, अग्ला, सजिला । पुखली । सरजी, यो अचम्मराज आरोही कस्तो मान्छे हो ? अचानक, नेपाली संस्कार सुरु भयो । एक पात्र, आरोही र औजी ३६, अमित्र, ब्लक, ब्लुक भएका । अरे सरजी, यो नाता भन्ने कुरा रेखीय हुन्छ । ऊ अलि ल्यून्याटिक छ, एकोहोरो, तर म त उसको लागि आचार्य कृपाचार्य र द्रोण ! म त्यस्तो औंसी देख्दिन । र, औजीजी, एउटा काम सक्नुहुन्छ ? अलि असजिलो ? सक्नुहुन्छ ? प्रोफेसर ।
साथीका कुरा घुमाउरा, कथा बुझ्न मुस्किल । के होला ? औजी नाथ, गोरे दाइ । मान्छेसित मान्छे नमिल्ने कुरा पक्का, बढी, मिलेजस्तो हो, आफूलाई दुःख दिने, उस्तै परे ठग्ने, झुक्याउने मानिसको बारेमा पनि, त्यो पात्रमा यो यो कुरा राम्रो भन्न सकिन्छ ? साथी गोरे, यो दुनियाँमा १००५ सही र १००५ गलत कोही पनि हुन्न। मनले रिपु मानेको ठगलालको पनि तारीफ गर्न सकिन्छ ? आम्मै, सकिन्न साथी । तपाईं सक्नुहुन्छ । ? सक्नुहुन्छ ? इतिहास सम्झिए यशनाथले, अनुहार उज्यालो बनाए । सक्नुहुन्छ, होइन, मैले त सकेको छु, र गरेको छु, किन कि आजको अमित्र, कोही भए, हिजो मित्र थियो । मसित त्यस्ता पात्रहरू आए जिन्दगीमा । म कर्ण, मान्नुहोस्, म अर्जुनको तारीफ गर्नसक्छु । म राम, सीतापति, लङ्केशको तारीफ गर्नसक्छु । साथी, यो दुनियाँमा विवेकले काम गरे मानवता मर्दैन । अपवादमा कोही कोही अति अपराधी, पापी, नत्र झिनामसिना भूलहरू क्षम्य, मेरा लागि । मेरो हेडसरले राजीनामा दिए, जमानामा, तर मैले फिर्ता गराएको थिएँ ।
साथी मनराज पनि, आफू त द्वन्द्वात्मक भौतिकवादवाला परियो, छोडिन्न ! ब्लक गरियो त गरियो । सकिन्न माफ गर्न । औजी गोरे टकटकिए । झकास कार्यक्रम, रसिला रचनाहरू सुनी, लीला गरी शशीलाई कला देखाएर औजी गोरे लागे बर्दिया गुलरियातिर ।
धनराज गिरी