• २०८१ माघ २७ आइतबार

गीत

राममान त्रिषित

राममान त्रिषित

मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो

मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन

मायाको विशालता यो आकाशधर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर ।


राममान त्रिषित