• २०८२ भाद्र २७, शुक्रबार

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौं ।

साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङमय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई र प्रा. डा. कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरे । शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुरयाइएको सहयोगलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो ।

प्रा. डा. भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे । प्रा. डा. कोइरालाले कृतिमाथि समीक्षा गरे भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे । १७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनःशून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।