मारवाडी– होली कविता

वरिष्ठ समालोचक एवं निबन्धकार गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञजनायात्राप्रति’ सुरभि साहित्य प्रतिष्ठानले नेपाल हाउस बालुवाटार, काठमाडौंमा आयोजना गरेको लोकार्पण कार्यक्रम सम्पन्न भयो । संस्थाका संरक्षक वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुखअतिथि वरिष्ठ साहित्यकार विद्वान जयराज आचार्य रहनु भएको थियो ।
कार्यक्रममा समालोचकहरु ठाकुर शर्मा र प्रा. डा. लेखप्रसाद निरौलाले लोकार्पित कृतिमा आ आफ्नो समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । यसैगरी सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. गार्गी शर्मा, वरिष्ठ कवि विमल कोइराला, वरिष्ठ समालोचक युवराज शर्मा, साहित्यकार हरिभक्त सिग्देल, शान्ति शाक्यलगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । अच्युत घिमिरेले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष वाजुराम पौडेलले स्वागत तथा उपाध्यक्ष परशुराम परासरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा साझा प्रकाशनमा महाप्रबन्धक प्रल्हाद पोखरेल, डा. अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल, उमेश अकिंचन, यादव भट्टराई, इन्द्रकुमार श्रेष्ठ, प्रकाश घायल, लव गाँउले, निर्मलरमण पराजुली, कपिल लोहनी, श्रीहरि फुँयाल, पवन बुढाथोकी, मोहन मैनाली, मन्जुश्री प्रधान, लीला लुईंटेल, प्रा.डा. खगेन्द्र लुईटेललगायतको उपस्थिति रहेको थियो ।