• २०८२ आश्विन ८, बुधबार

हेमन्त शर्माको ’रुन्न भन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत सार्वजनिक

गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ’रुन्न भन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत सार्वजनिक गरेका हुन् । प्रेमभाव समेटिएको उक्त गीतमा कृष्ण बिकको संगीत संयोजन छ । गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन् ।

गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन् । सागर गैरेले निर्देशन गरेको भिडिओ छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडिओ सम्पादन नविन निरौंलाले गरेका छन् ।