सूत्र-कथा

धेरै दिन भएछन् तिम्रो वीणाको धुन नसुनेको
त्यो धुनको गुञ्जनमा म विलय हुन नपाएको
कर्णप्रिय त्यो धुन सुन्ने अब त मलाई बानी परेछ
आउन प्रिय १ यो मन तिम्रो पर्खाईमा छ ।
तिम्रो वीणाको धुनमा म रमाउँदथेँ
त्यो धुनसँगै मधुर-मधुर गीत गाउँथेँ
धेरै कुरा बुझ्थेँ त्यो वीणाको धुनबाट
छुटकारा पाउथेँ एकाकीपन र नैराश्यबाट
आउन प्रिय ! यो मन तिम्रो पर्खाईमा छ ।
के पाइन होला र मैले तिम्रो वीणाबाट ?
मायाको महक पाएथेँ, सृजनाको आवाज सुनेथेँ
परिवर्तनको नारा सुनेथेँ, क्रान्तिको मशाल देखेथेँ
उज्यालो किरण देखेथेँ, अग्रगामी प्रेरणा पाएथेँ
आउन प्रिय ! यो मन तिम्रो पर्खाईमा छ ।
तिम्रो धुनबाट मैले लोकहितको कविता लेखेथेँ
राष्ट्रगित गाउने देशभक्तका शब्द कोरेथेँ
अन्याय-अत्याचारलाई छुट्याउने क्षमता पाएथेँ
सबैको समृद्धिकोलागि योजना बनाएथेँ
आउन प्रिय १ यो मन तिम्रो पर्खाईमा छ ।
यस्तो लाग्छ मलाई कि तिम्रो धुनले संसार टिक्या छ
तिम्रो धुनबाट संसारले मार्ग पाएको छ
यस्तो लाग्छ मलाई कि तिमी भन्दा ठूलो अर्को कोही छैन
तिमीलाई मैले कहिल्यै छोड्ने छैन
आउन प्रिय ! यो मन तिम्रो पर्खाईमा छ ।
डिल्लीराम शर्मा संग्रौला