• २०८१ पौष २९ सोमबार

मुक्तकहरु

पवनकुमार बुढाथोकी

पवनकुमार बुढाथोकी

१.
हैन यो कोभिडले त के के कस्तो पो जान्दो रहेछ
सोर्स फोर्स पनि नहेरी ठुला साना सबै नै तान्दो रहेछ
लोभ लालच नगर है मनुवा केहि त अरूलाई नि छोड
विलासितापूर्ण जीवन मान्छेको ठुलो सत्रुनै ठान्दो रहेछ !
२.
अरू रोगको दोष पनि कोरोनालाई लायको पो हो कि
कोरोनानै भयंकर रूप लिएर यहाँ आयको पो हो कि
केहि बुझ्न र भन्न ढुक्कसँग कसैले केहि पनि सकेन है
कोरोनाकै निहुँमा अरूले चलखेल गरि खायको पो हो कि !
३.
हुन पनि यहाँका सकभर आफूचैं कामै नगरी खाने भए
सोर्स फोर्स र कसैले च्यापेको भरमा माथी पो जाने भए
यस्तै ताल हो भने अरूको भन्दानि यहाँ भद्रगोल हुन्छ नै
काम गर्न सक्ने केहि चै विदेसीले छानेर दलाउन लाने भए !
४.
हुने खानी आफू बचाउन अरूलाईनी यहाँ खटाउलान्
दिनहुँ काम गरि खाने जति कसरी भोक यहाँ हटाउलान्
गरिब गुरूवा असहायलाई बाँच्न बचाउनलाइ धौ धौ भो
सधैं लुकेर मान्छेले कसरी दिन आफ्नो यहाँ कटाउलान् !
५.
अरू भन्दा टाठा बाठा शक्तिमा नै पुगेकाले यहाँ भ्याएका छन्
उनैका इस्टमित्र, नातेदार र अफन्तले नै फाईदा पाएका छन्
बाँकीअरू सबै थुकनिल्दै उनैका चर्तीकला हेर्ने मात्रै होईन र
जो यो गर्छु त्यो पनि गर्छु भन्थे उनैले झन बढी खाएका छन् !


(बुढाथोकी चर्चित कवि हुन् ।)
[email protected]