• २०८१ माघ ९ बुधबार

बुवाको मुख हेर्ने दिनको शुभकामना छ

पवनकुमार बुढाथोकी

पवनकुमार बुढाथोकी

बाबा ! लाउन सम्म गुन तिमीले लगायौ
सन्तानलाई च्यापेर डर तिमीले भगायौ
सबका भूत, वर्तमान र भविस्य हौ तिमी
भावमा आशा र उमंग तिमीले जगायौ !

संसारै भरिमा सृष्टिका त जनक नै तिमी
दिन्छौ सन्तानलाई सधैँ राम्रा छनक नै तिमी
कोटी कोटी प्रणाम, सदैब नमन हजुरमा
हकदार हौ दिने बिगार्नेलाई दनक नै तिमी !

न त सन्तानको लागि प्रतिकुल मौसम नै भन्छौ
न त सुख सुबिधा आफ्ना लागि भनेर नै गन्छौ
प्राणी मात्रका प्रेरणाका अजस्र स्रोत हौ तिमी
त्यसैले सन्तानका मन मुटु र हृदयमा नै रहन्छौ !

बाउले नै गर्छन सधैँ भरि बाधा विरोधकै सामना
आ-आफ्ना सृष्टीको सदैव कल्याण कै चाहना
त्यसैले, सबैलाई आजको पवित्र यो दिनमा
बुबाको संझना गर्दै कुशे औँशीको शुभकामना !


पवनकुमार बुढाथोकी
[email protected]