• २०८२ आश्विन १, बुधबार

भक्तराज आचार्य ‘राष्ट्रिय सङ्गीत सम्मान २०८१’बाट शाह र मोक्तान सम्मानित

काठमाडौं ।

भक्तराज आचार्य ‘राष्ट्रिय सङ्गीत सम्मान २०८१’बाट वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तान सम्मानित भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ले शाह र मोक्तानलाई उक्त सम्मान प्रदान गरेको हो । प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मान गायिका शाह तथा सङ्गीतकार मोक्तालाई प्रदान गरे ।

त्यस्तै, यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८१’ दिवंगत कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई प्रदान गरिएको छ । उनको सम्मान गौतम पत्नी घनज्योति गौतमले लिइन् ।

कार्यक्रममा गायक सत्यराज आर्चायले हृदयदेखि नै बुबाआमालाई पुज्ने मान्छे कहिले पछि नपर्ने बताए । उनले मानिस भएर जन्मिसकेपछि समाजमा केही छाप छाड्नुपर्छ भनेर जानुपर्छ भन्ने सोच रहेको बताए ।