हे झरी,
कति कुरा होलान्
तिम्रो पनि मनभरी
भरिएरैै त पोखियौ होला
तिमी पनि ।
तर,
पोखिँदा पनि तिमी
बगाउन खोज्छौ
सृष्टि-जगत्का
छरपस्ट फोहर धरि ।
हरेक वर्ष आउँछौ तिमी
हामीलाई भेट्न भनी
प्रकृतिको नियमलाई
संधै पालना गरी ।
नित्य तिम्रो त्यो कर्म
खल्बलिए, न त फल्छ अन्न
न त हुन्छन् नै सबका पेट टन्न ।
हे झरी,
तिम्रो आगमनलाई
वास्ता खासै नगरी
सदा आँफुलाई
सर्वोपरी ठानी
यो मनुवा जाति
अहम्लाई अँगाली
लोभमा चुल्र्मुम्मै डुबी
खेल्छ प्रकृतिसंगै पौंठेजोरी ।
अब अति भो भनी
जब देखाउँछौ तिमी
आफ्नो रुप प्रलयकारी
दुलाभित्रै पस्नवाध्य हुन्छन्
सृष्टि-जगतैका प्राणी
तर विडम्बना,
गल्ती माथि गल्ती
दोहोर्याई रहन्छ यो मनुवा जाति ।
दिना सुवेदी
[email protected]