कविता

काठमाडौं ।
सर्जक लक्ष्मी रेग्मी खनालको लघुकथाकृति ‘अन्त्य’माथि विमर्श सम्पन्न भएको छ । स्याङ्जामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको सन्दर्भ पारेर वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियानले विमर्श कार्यक्रम आयोजन गरेको हो । उक्त अवसरमा केही लघुकथा पनि वाचन गरिए ।
कार्यक्रममा लघुकथाकृति ‘अन्त्य’सँगै यो विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टा विषयमाथि वक्ताहरू अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लक्ष्मी रेग्मी खनालबीच अन्तरक्रिया भयो । कार्यक्रमको सहजीकरण मिलन समीरले गरेका थिए ।
कार्यक्रममा स्याङ्जाली सर्जक सरस्वती अर्याल, गुरु ढकाल, भविश्वर पंगेनी, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, विष्णु पंगेनी पाण्डे, जि.बी. राना, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, राजु गैह्रे, वसन्त खनाल, सुर्याम्श अर्याल र ध्रुवप्रसाद शर्मा पंगेनीले आआफ्ना विविध रचना वाचन गरे ।