सिरियाली कविता

म तिमीहरूसँग हिँडेँ
तिमीहरू मसँग हिँड्यौ
हामी सँगसँगै हिँड्यौँ
हामी सँगसँगै
हाम्रा छायाँहरू पनि हिँडे
कसैको भाग्य एकदम राम्रो
कसैको भाग्य ठीकै
कसैको भाग्य नराम्रो
तर पनि हामी सँगसँगै हिँड्यौँ
हाम्रा आँसु र मुस्कानहरू पनि
हामी सँगसँगै हिँडे
हाम्रा प्रार्थनाहरू पनि
हामी सँगसँगै हिँडे
हामी कोही दुःखी थिएनौँ
संसार घाम¬छायाँले बनेको छ–
हामीलाई थाहा थियो
घाम भएको ठाउँमा छायाँ आउँछ
छायाँ भएको ठाउँमा घाम
संसार यस्तै हो
यो घाम र छायाँले बनेको छ
हामी कोही दुःखी थिएनौँ
हामी सँगसँगै हिँडिरहेका थियौँ
०