English Literature
ईलाम, २)८१ जेष्ठ ।
इलामको श्रीअन्तुमा जेष्ठ ११ गतेदेखि प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रगतिशील काव्य संगोष्ठी सम्मपन्न भएको छ । संगोष्ठीमा कोशी प्रदेशको साहित्यिक इतिहासका साथै दर्शन, बालसाहित्य, भाषा, मातृभाषा र सामाजिकशास्त्र विषयक बृहत् वाङ्मय संगोष्ठी २)८१ भएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरीको अध्यक्षतामा भएको सो संगोष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विमल निभाले नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको कार्यक्रमले नेपाली भाषा साहित्य मात्र होइन सबै भाषाभाषीको लागि कार्यक्रम लिएर आउने र हामीले सबैको साझा प्रज्ञा प्रतिष्ठान होस् भन्ने उद्देश्यकासाथ कार्यक्रम गरिरहेको बताउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको कार्यक्रमले नेपाली भाषा साहित्य मात्र होइन सबै भाषाभाषीकोलागि कार्यक्रम लिएर आउने र हामीले सबैको साझा प्रज्ञा प्रतिष्ठान होस भन्ने उद्देश्यकासाथ कार्यक्रम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ रविमान लम्जेलले कोशी प्रदेशको साहित्य विषयक कार्यपत्र र देवेन्द्र सोक्तेनले किरात धर्म मुन्धुम विमर्श विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र प्रस्तुति पछि संगिनी गीत र नृत्य, नेवारी नृत्य लाखेनाच प्रस्तुत गरिएको थियो भने नेपाल र भारतका ३ दर्जन कवि कवयत्रीहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपालका पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरु, राष्ट्रिय परिषद सदस्यहरु, सल्लाहकारहरु सातवटै प्रदेशका प्रतिशील लेखक सङ्घका र जिल्ला कमिटीका अध्यक्ष सचिव लगायतका करिब सय जनाको उपस्थिति रहेको थियो ।
