२४, अषाढ, काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार सुशीला पौडेलकादुई कृति सार्वजनिक गरिएको छ । ‘मुक्तक मनुषी’ (मुक्तक सङ्ग्रह) र “खुसी विनाको मुस्कान” (गजल सङ्ग्रह) नेपाली भाषा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरु चुडामणि देवकोटा, दिनेश अधिकारी, एस्पि कोइराला, डा. गीता त्रिपाठी आदिका साथमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री गगन थापाद्वारा मुक्तक तथा गजल संग्रहको लोकर्पण गरिएको थियो ।
कृतिमाथि समीक्षा गर्दै डा. मुरारी पराजुलीले मुक्तक नेपाली साहित्यको सर्वप्रिय विधा हुँदाहुँदै पनि सुशीलापौडेलको लालित्यपूर्ण सिर्जनात्मक लेखन कलाले उनले अक्षरको खेतीमा उच्चशिल्पको प्रयोग गरिएकोले पाठकलाई सुरुचिपूर्ण लाग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली साहित्यको भिन्नभिन्न विधामा सशक्त रुपमा कलम चलाइरहेकी सुललित लेखनकला भएकी युवा साहित्यकार सुशीला पौडेल को एकसाथ दुई कृति सार्वजनिक कार्यक्रममा अयोग्यताका बावजुद पनि प्रेमले सम्झिदिनु भएकोमा आफूले पनि साहित्यिक खुराक प्राप्त गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिका निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका थिए ।