• २०८२ भाद्र २७, शुक्रबार

२१२ औँ भानुजयन्तीको अवसरमा बानेश्वर बहुमुखी क्याम्पसमा भानुभक्तिय रचनावाचन प्रतियोगिता

काठमाडौ ।

बानेश्वर बहुमुखी क्याम्पसले २१२ औँ भानुजयन्तीको अवसरमा एक भानुभक्तिय रचनावाचन प्रतियोगिता कार्यक्रम गरेको छ । बानेश्वर बहुमुखी क्याम्पस भाषा विभागको आयोजनामा २१२ औँ भानुजयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार कवि भुवनहरि सिग्देलको प्रमुख आतिथ्यतामा, क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको विशेष आतिथ्यतामा बानेश्वर बहुमुखी क्याम्पस भाषा विभाग प्रमुख धुर्ब न्यौपानेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साथै क्याम्पसको प्राङ्गणमा अवस्थित भानुभक्तको शालिकमा प्रमुख अतिथि लगाएत अतिथिहरुले माल्यार्पण पनि गरेका थिए ।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्साल, महासचिव डा.रमेश लुईटेल, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी लगाएतले अतिथिको रुपमा आशन ग्रहण गरेका थिए । साथै कार्यक्रममा प्रध्यापक कर्मचारी विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भानुभक्तिय रचनावाचन प्रतियोगितामा सहभागी विद्यार्थीहरु पुरस्कृत भएका थिए ।