• २०८१ श्रावाण ३ बिहीबार

गणेश घिमिरे मार्मिकको महाकाव्य ‘श्रीधरा’बजारमा

काठमाडौँ- साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ को महाकाव्य ‘श्रीधरा’ बजारमा आएको छ । साहित्यसुधा नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा गत बिहीबार एक समारोहका बीच महाकाव्य सार्वजनिक गरिएको थियो ।

महाकाव्य प्रा.डा.माधवप्रसाद पोखरेलका, वरिष्ठ समालोचक डा. रामप्रसाद ज्ञवाली, साहित्यकार गोविन्दप्रसाद कुसुम र लेखकले विमोचन गरेका थिए ।
३५ छन्दमा लेखिएको श्रीधरा महाकाव्यमा सिंगो नेपाल राष्ट्रको चित्र उतारिएको समालोचक तथा साहित्यकारहरुले बताएका थिए ।