
सृजना र साहित्यका माध्यमबाट पर्यटन पर्वर्द्धनमा जोड दिने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा दुई दिने पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा कार्यक्रम यही कात्तिक १८ गते सम्पन्न भएको छ । अनेसास नेपाल चयाप्टरका अध्यक्ष राजेन्द्र कसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पर्वतको फलेवासमा रहेको ञकालीभक्त पन्त स्मृति प्रतिष्ठानझ को संयोजनमा प्रतिष्ठानकै हलमा सम्पन्न भएको थियो । दसैँ तिहार मनाउने सिलसिलामा अमेरिकाबाट नेपाल आउनुभएका अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको व्यवस्थापन र संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गर्नुभएको थियो ।
फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गधर तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रका पूर्व अध्यक्ष राधेश्याम लेकाली, बरिष्ट उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, फलेवास वडा नं ६ का अध्यक्ष नवीन कुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त (कालीभक्त पन्तका साहिला छोरा) सहित साहित्यकारहरु दुर्गा बहादुर शाह बाबाझ , इन्दिरा ढकाल , सुरेन्द्र अस्तफल, गणेश श्रमण, उदय अधिकारी, सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटा, चितवन साहित्य परिषदका कोषाध्यक्ष पदम अर्याल, सूर्यप्रकाश कंडेल, सरस्वती गौतम, देवेन्द्र केसी देवू , अस्तफल गौतम, सञ्चारकर्मी आरजु बिष्ट सल्यानी र आर के अदीप्त गिरी, असफल गौतम, रमेश दाहाल, सङ्गीतकार नरहरि प्रेमी, लोक गायक विमलराज क्षेत्री, गायिका रीतु कंडेल, दुर्गा अधिकारी, मनिला वन्त, उदय अधिकारी, मदनकुमार थापा, गीतकार प्रकाश सुवेदी लगायत विशिष्ट साहित्यीक व्यक्तित्व तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कवि तथा साहित्यकार महेश्वर पन्तको कविता सङ्ग्रह ञउडेका पैतालाझ को लोकार्पण समेत भएको सो कार्यक्रमा स्वागत मन्तव्य पनि महेश्वर पन्तले दिनुभएको थियो भने कृति समीक्षा साहित्यकार सुरेन्द्र अस्तफलले गर्नुभएको थियो ।
वरिष्ठ लोक गायक विमलराज क्षेत्री, वरिष्ठ सङ्गीतकार नरहरि प्रेमी र गायिका ऋतू कंडेलको साङ्गीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा प्रमुख अतिथि सहित अनेसास केन्द्रका पूर्व अध्यक्ष राधेश्याम लेकाली, बरिष्ट उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपाल च्याप्टरका सदस्य दुर्गा बहादुर शाह ञबाबाझ, विक्रम भक्त जोशी, सञ्चारकर्मी आर के अदीप्त गिरी, फलेवास वडा नं ६ का अध्यक्ष नवीन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
शुभकामना दिने क्रममा नगर प्रमुख गङ्गाधर तिवारीले सर्जक तथा साहित्यकारहरुलाई स्थानीय तहहरुमा ल्याएर कार्यक्रम गर्दा सो ठाउँको बारेमा प्रभावकारी प्रचारप्रसार हुने हुँदा यस्ता कार्यक्रमहरु बेलाबखत ७५३ ओटै स्थानीय तहहरुले आफ्नै पहलमा पनि गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो कार्यकालमा निरन्तरता दिने समेत प्रतिवद्धता जाहेर गर्नुभयो ।