कविता

सत्प्रेमले रुझेका वर्षात याद आयो
उल्लासका सुषुप्त आघात याद आयो
ती मौनताका मन्द मुस्कानले भरेका
अव्यक्त मृगतृष्णा निर्घात याद आयो
सम्झी अतीत मिठा एकान्तका मझेरी
सप्रेम आँसु पुछ्ने ती हात याद आयो
फूलको सुवास उनको मुस्कान फक्रिएका
एकान्तका परिन्दा दिनरात याद आयो
कालो कपाल सेता हिमाल झैं प्रदीप्त
उन्मत्त जिन्दगीको प्रभात याद आयो ।।
बद्री अर्याल, काठमाडौँ