• २०८२ जेठ ४ शनिवार

तिमी र म

असल चरित्र

असल चरित्र

हामी भित्रका
हामी सङ्गका अन्तर्निहित कुराहरू
शायद, त्यो तिमि र म बाहेक
थाहा हुनेछैन अरूलाई ।।

जुन तिमी सङ्ग छन
त्यस्तै थुप्रै म सङ्ग पनि छन
जस्तो कि,
दुख, पिडा, उमङ्ग, सम्वेग र जीवनका भावनाहरू
हामी सङ्ग तमाम अभावहरू छन
त्यहि अभावहरूको मलजल बाट
उम्रीएको छ एउटा प्रेम
शायद, त्यो तिमि र म बाहेक
देख्ने छैन अरूले ।।

बिस्वास, भरोसा र आशाहरूले
ब्यवधान ल्याउदैन हाम्रो प्रेमको दुरि मा
फगत जसरी चलिरहन्छ समय
जसरी घुमिरहन्छ प्रकृतिमा सुर्य
उसैगरी चलिरहन्छौ हामी
आ आफ्नो परिवेश हरूमा
उसैगरी घुमिरहन्छौ हामी
आ आफ्नै नियतिको चक्रहरूमा
फरक यति हो,
भुगोल एउटै हो दुरि टाढा हो
जुन शायद, तिमि र म बाहेक
थाहा छैन अरूलाई।।


असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]