हिन्दी-कविता

काठमाडौँ ।
पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौं उपन्यास ‘शकुन्तला’ प्रकाशित भएको छ । कृति प्रकाशन संस्था शिखा बुक्सले अनलाइनमार्फत सार्वजनिक गरेको हो । उपन्यास वेद, पुराण र उपनिषद दर्शनमा आधारित रहेको रिजालले पुस्तकको पृष्ठ भागमामा लेखेका छन् । ‘धर्म, संस्कार, संस्कृति तथा सामाजिक विकृति, कुरीति र कुप्रथा विरूद्ध लेखिएको हो । उपन्यासले सामाजिक सद्भाव र एकताको बाटो देखाएको छ ।’
उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्नै किसिमले लेखिएको उपन्यासकार रिजालले बताए । उपन्यासमा हिन्दु समाजमा आदिम युगदेखि कायम रहेको मातृसत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे सटीक विश्लेषण गरिएको उनको भनाइ छ ।
उपन्यासले हिन्दु संस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताए। पुस्तकको मूल्य ६२५ रूपैयाँ तोकिएको छ । यसअघि रिजालका ‘सुकमँ’, ‘पृथा’, ‘दृष्टिभ्रम’ र ‘सत्यबवि’ गरी चार उपन्यास प्रकाशित छ ।