समाचार

काठमाडौँ ।
स्रष्टा ललिता दोषीले बालबालिकाका लागि ‘माछा खोलीमा’ गीत ल्याएकी छन् । गीतमा बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको सामीप्य सरल रूपमा प्रस्तुत गरिएको छ । रमेश सुवेदीको संगीत रहेको उक्त गीतलाई बालगायक अभय दुवाडीले मीठो स्वर मार्फत जीवन्तता प्रदान गरेको छ ।
खोली, माछा, पानी र खेलकुदको प्रसंग ल्याई गीतलाई बालबालिकालाई प्रकृतिसँग घुलमिल हुन हौस्याइएको छ । अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको हो । बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित छ ।
सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गीतको रेकर्ड गरिएको हो । गीतले बालबालिकालाई रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पु¥याउने अपेक्षा छ । बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न सकिनेछ ।