समाचार

चितवन
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले ’महानगर वाङ्मय कोश’ सार्वजनिक गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाका मेयर तथा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति रेनु दाहालले कोश विमोचन गरेकी छन् । साहित्यकार तथा लेखक, कलाकार, चित्रकार, मूर्तिकार लगायतका व्यक्तित्वको संक्षिप्त विवरण उक्त कोशमा रहेको प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले बताए । कोशमा ५१३ जना सर्जकहरूको विवरण रहेको प्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले जानकारी दिए । महानगरका मात्रै नभएर चितवनभरकै व्यक्तित्वलाई कोशमा समेट्न खोजेको उनले बताए ।
भरतपुर महानगरका ३९७ जना, रत्ननगरका ५८ जना, खैरहनीका १७ जना, कालिकाका १३ जना, इच्छाकामना गाउँपालिकाका ११ जना, राप्ती नगरपालिकाका नौ र माडी नगरपालिकाका आठजना सर्जकहरूको परिचय लगायतका विवरण कोशमा समेटेको थपलियाले बताए । सोही कार्यक्रममा महानगर साहित्य दर्पण भाग ४ पनि विमोचन भएको छ ।
पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका- ६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी स्वदेशी तथा विदेशका विश्वविद्यालयबाट विद्यावारीधि उपाधि हासिल गरेका आठ जनाको सङ्घर्ष र सफलताका कथा समेटिएका छन् ।प्रभा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखद्वय बलराम कोइराला र चुडाप्रसाद चौलागाईं, प्रभा माध्यमिक विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी भएका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरी, डा. सीता सुवेदी, डा. टङ्कप्रसाद गौतम, डा. दिलीपकुमार गौतम, डा. रवीन्द्रराज गिरी, डा. नारायणप्रसाद चौलागाईं, डा. सङ्ग्रामसिंह लामा, डा. खड्गमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामालाई सम्मान गरिएको थियो ।