• २०८१ बैशाख ७ शुक्रबार

स्रष्टा प्रतिष्ठान नेपालको नवौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ३ बैशाख २०७९

स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आफ्नो नवौँ वार्षिकोत्सव शनिबार सम्पन्न गरेको छ । २०७० सालमा स्थापित स्थापना भएको प्रतिष्ठानले राजधानीको गीताञ्जली चोकस्थित कर्णाली होम्समा विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा करिब २५ जना कवि, लेखक एवम् साहित्यिक स्रष्टाहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिनाथिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, रसिक राज, रिमा केसी, यात्रीप्रकाश पाण्डे, सुस्मिता अर्याल, राजु झल्लु प्रसाद, सङ्गम संयोग, श्रीराम स्वधर्मले कवितावाचन गरेका थिए ।

संस्थाले नयाँ लाई प्रोत्साहन र स्थापितलाई सम्मान गर्दै आइरहेको छ । विभिन्न पुस्ताका सिर्जना एउटै मञ्चमा उभ्याउनु संस्थाको विशेषता हो । पुस्तान्तरणले नेपाली साहित्यलाई घाटा नहोस् भनेर स्थापना कालदेखि नै नयाँ र पुरानोलाई जोड्ने पुल बन्न चाहेको अध्यक्ष अमृता स्मृति बताइन स्थापना कालदेखि हालसम्म नियमितरूपमा नेपालीभाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानले पहिलो चार वर्षसम्म प्रत्येक महिनाको तेस्रो शनिवार नियमित साहित्यिक शृङ्खला गरेको थियो भने विगत केही वर्ष देखि विभिन्न पुस्ताका स्रष्टाहरूलाई एउटै मञ्चमा आमन्त्रण गरेर विशेष शृङ्खलाहरू गर्दै आइरहेको छ । संस्थाले हालसम्म १०० भन्दा बढी कार्यक्रम गरिसकेको छ भने ७० नियमित शृङ्खला सम्पन्न गरिसकेको छ ।