उ बोलेन
र पनि त्रसित छन् सबै !
प्रेम मौन !
षड्यन्त्र सोचमग्न !
यात्रा स्थगित !
तिर्खा बिर्सन्छ प्यास !
भोक तृप्त !
तृष्णा सुषुप्त !
कोलाहल शान्त !
कहाँ छु ?
के गर्दै छु ?
अनि यात्रा ?
हाटको व्यापार
राज्यको आतङ्क
समुद्रको पिँध
कहाँ जाने ?
के खाने ?
के गर्ने ?
क्षितिजमा उभिएर
इन्द्रेणीको रङले
फागु खेल्दैछ सत्य !
(कात्यायन चर्चित साहित्यकार हुन् ।)
[email protected]