निबन्ध

काठमाडौँ ।
तीज नजिकिँदै गर्दा गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ । गीतमा समीक्षालाई मदन ढकाल, विमला ढकाल र लक्ष्मी बस्नेतको स्वरमा साथ दिएका छन् । गायक मदनकै शब्द रहेको गीतमा घनश्याम खत्रीको सङ्गीत छ । गीतको सङ्गीत संयोजन अनमोल बस्नेतले गरेका हुन् ।
गोरखामा छायाङ्कन भएको गीतको भिडियोमा मोडल उषा सुवेदी, घनश्याम खत्री, विनोद बिके, गीता परियार, मञ्जु पाण्डेको अभिनय छ । मरुभूमि नारायणले खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् ।भिडियो पनि गायक मदनले नै निर्देशन गरेका हुन् । भिडिओमा एक चेलीले आफ्नो श्रीमानको मृत्युपछिको अवस्थालाई माइतीमा सुनाएकी छिन् । भिडिओ टीएम म्युजिक प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।