आर्मेनियाली कविता

काठमाडौँ
अमेरिकाको मेरिल्यान्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ सुरु भएको छ । मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ देखाउँदै महोत्सव सुरु भएको हो ।
महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् । चार दिनसम्म चल्ने महोत्सवका फिल्म एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुनेछ । महोत्सवको समापन दीपक रौनियार निर्देशित फिल्म पूजा सरुको प्रदर्शनसँगै हुनेछ ।
शाम्बालाको प्रदर्शनपश्चात भएको अन्तरक्रियामा कलाकारसँग गरिएको कामबारे मीनले अनुभव सुनाए । प्रमुख भूमिका गर्नु भएकी बहिनीसँग काम गर्न हामीले उहाँलाई ५ वर्षसम्म र्हेयौं । हरेक महिना दुई चोटी उहाँलाई म घरमा खाना खान बोलाउँथेँ । मलाई उहाँका भित्री रहस्य बुझ्नु थियो, मीनले भने, उहाँलाई कसरी चरित्रलाई ल्याउन सकिन्छ भनेर यसरी काम गरियो । यहाँ उहाँसँगै केही कलाकार बाहेक अन्य त नन एक्टर थिए । त्यतिबेला डोल्पामा क्लोज क्याम्प र्गयौं, जहाँ उहाँहरुले फोन पनि गर्न पाउनु हुन्थेन । उहाँहरुमा अभिनयका लागि भोक थियो ।