• २०८२ आश्विन २४, शुक्रबार

‘बुकीफूलको सुवास’ मुक्तकसंग्रह लोकार्पण

रोल्पा ।

सर्लाहीमा जन्मेर हेटौंडामा बसोबास गर्दै आएका केदार रानामगरको मुक्तक संग्रह ‘बुकीफूलको सुवास’ सार्वजनिक भएको छ ।

शनिबार लिबाङमा संग्रह विमोचन गरिएको हो । पुस्तक सार्वजनिक गर्दै रोल्पा नगरका प्रमुख सुरेन्द्र घर्तीमगरले स्थानीय सुशासन र चेतनाको विकासबारे सिर्जना केन्द्रित रहेको बताए । ‘पुस्तकमा रहेका मुक्तकहरुले सामाजिक विकास र जनचेतनाबारे चिन्तन गर्न टेवा दिनेछन् । सामाजिक विकासकर्मी रानामगरले साहित्य सिर्जनामा समेत कार्य गर्नु सुखद पक्ष हो,’ उनले भने ।

साहित्यकार भगवती बुढामगरले मुक्तकसंग्रह बुकीफूलको सुवासमा बहुआयामिक विषय समावेश गरी समाजिक तथा मानवीय सचेतना समावेश भएको बताइन् ।