काठमाडौँ ।
जलरिका साहित्य प्रतिष्ठानले वि.सं. २०८० सालको ‘बुद्धि–रेशम स्रष्टा सम्मान’ समालोचना विधामा डा. अभि सुवेदी, आख्यान विधामा डा. ध्रुवचन्द्र गौतम र कला विधामा श्यामलाल प्रधानलाई प्रदान गर्ने भएको छ । साहित्यसेवी दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको जलरिका साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष तीनवटा विधामा योगदान गर्ने स्रष्टालाई असार १ गते सम्मानित गर्ने गरेको छ ।
सम्मानित स्रष्टाहरूलाई जनही एक लाख नगदसहित सरस्वतीको प्रतिमा एक समारोहका बीच प्रदान गरिने प्रतिष्ठानका महासचिव रोशन थापा ‘नीरव’ले हरेकपलन्युज डट कमलाई बताए ।