काठमाडौँ, मङ्सिर ।
इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य’ सार्वजनिक गरिएको छ । जर्मन लेखक जिटलम्यानले आफूले पुँजीवाद स्भ्रम, वास्तविकता र तथ्यमा पुँजीवादका सम्बन्धी संसारभर व्याप्त भ्रमको तथ्यपरक चिरफार गर्न खोजेको बताउनुभयो । उहाँले पुँजीवादलाई लाग्ने १० किसिमका आरोपको मिहिन छानबिन गरी ऐतिहासिक प्रमाणको सहयोगले ती आरोपको सत्यतामा खोट औँल्याउनुभएको छ ।
लेखक जिटलम्यानले भन्नुभयो, “सन् १८२० देखि २०२२ सम्मको अवधिमा संसारभर गरिबीको रेखामुनी जीवन बिताउनेको अनुपात ९० प्रतिशतबाट ९ प्रतिशतभन्दा कममा घटेको छ भने साथसाथै अर्बपतिको सङ्ख्या पनि बढेको छ। यसले पुँजीवादले आर्थिक समृद्धि लिएर आएको स्पष्ट हुन्छ ।” विमोचन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, समृद्धि फाउन्डेसनका निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यानको उपस्थितिमा पुस्तक विमोचन भएको हो । पुस्तक सकुनकुमार जोशी, टेक नारायण ढकाल र नरेन्द्र विक्रम जी. सी. ले अनुवाद गर्नुभएको हो ।