• २०८२ आश्विन २५, शनिबार

‘संक्षिप्त महाभारत’ नेपाली अनुवादमा लोकार्पण

काठमाडौँ ।

प्राचीन ग्रन्थ महाभारतको नेपाली अनुवाद ‘संक्षिप्त महाभारत’ लोकार्पण भएको छ । बागबजारमा आयोजित कार्यक्रममा आख्यानकार भुवनहरि सिग्देल, समीक्षक राजकुमार बानियाँ, विश्लेषक शंकर तिवारी, आख्यानकार शैलेन्द्र अधिकारी, कवि हेम प्रभासलगायतले पुस्तकको लोकार्पण गरेका हुन् । एक लाख श्लोक रहेको महाभारत ग्रन्थ नेपालीमा रोशन दाहालले अनुवाद गरेका हुन् । उनका अनुसार चारवटा भागमा प्रकाशित पुस्तक गद्यशैलीमा छ।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो । कथात्मक शैलीमा अनुवाद भएको हुनाले महाभारत अध्ययन गर्न चाहने तर श्लोकको अर्थ नुबझ्ने पाठकका लागिसमेत यो ग्रन्थ पठनीय रहेको प्रकाशक संस्थाका संस्थापक पुष्पराज पौडेल बताए । हिन्दुहरूको एक प्रमुख ग्रन्थ मानिए पनि महाभारत विश्वभर नै चर्चित छ ।