• २०८२ भाद्र २९, आईतवार

वीरेन्द्रभक्तको आत्मवृत्तान्त ‘कुखुराको भाले’ सार्वजनिक

काठमाडौं ।

राजनीतिज्ञ वीरेन्द्रभक्त श्रेष्ठको जीवनका अध्यायहरूको समेटेर तयार आत्मवृत्तान्त ‘कुखुराको भाले’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । दिवंगत श्रेष्ठको पहिलो वार्षिकीका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूले एकसाथ कृति विमोचन गरे ।

वि. सं. २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उमेदवार हुँदा राजनीतिज्ञ श्रेष्ठको चुनाव चिह्न कुखुराको भाले रहेको थियो । सार्वजनिक आत्मवृत्तान्तमा दिवंगत श्रेष्ठको जीवनका अनेक आयामसँगै राजनीतिक यात्रा, जेल जीवन, सांस्कृतिक संलग्नतालगायत विषय समावेश गरिएको छ ।