समाचार

काठमाडौं ।
नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित सुप्रभात काव्यगोष्ठी तथा ‘वाङ्मय सौरभ’ किताबको सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले विमोचन गर्नु भएको हो । कार्यक्रममा वरिष्ठ समालोचक विनोद मन्जनले उक्त किताबको बारेमा समिक्षा गर्नु भएको थियो । कार्यक्रमा विनोद विक्रम के.सी.ले एकल कविता वाचन तथा अन्य स्रष्टाले आफ्ना सिर्जना बाचन गर्नु भएको थियो । विनोद विक्रम के.सी.का ६ वटा र १६ जना कविका सिर्जनामाथि समालोचक हरि सिलवालले समीक्षा गर्नु भएको थियो ।
सोही समारोहमा दाहाल यज्ञनिधि पत्नी सुधा दाहाल र नार्गाजुन साहित्य प्रतिष्ठानका बारेमा शोध गर्ने व्यक्तित्व तेजन दाहाल र एकल कविता वाचक विनोद विक्रम के.सी. लाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । उक्त सम्मान प्रमुख अतिथिले प्रदान गर्नु भएको थियो । साथै सस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएका थियो । कार्यक्रममा महेश प्रसाई, दिपक भेटवाल, नमुना शर्मा, भुवन सिवाकोटी, रुबि सत्याल र रेणुक भट्टराई लगायतले आफ्ना सिर्जना वाचन गर्नु भएको थियो । सम्मानित व्यक्तित्वका तर्फबाट सुधा दाहालले शुभकामना मन्तव्य दिँदै दाहाल यज्ञनिधिको साहित्यिक अभियानमा अहिलेको सक्रियता सन्तोष व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अतिथि कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठानलाई आमनेपालीको प्रतिष्ठान बनाउँने अभियानमा रहेको र यस कार्यमा साथ दिन सम्पूर्णमा अपिल गर्दे नागाजुर्न साहित्य प्रतिष्ठानले खेलेको भूमिका चर्चा गर्दै नागार्जुन वाङ्मयले पनि यसको इतिहासलाई निरन्तरता दिनेमा बिवस्त भएको बताउँनु भयो । माधव घिमिरे अटलको स्वागत मन्तव्य रहेको कार्यक्रलाई प्रतिष्ठानका सचिव युवराज काफ्लेले सञ्चालन गर्नु भएको थियो ।