• २०८१ असोज २९ मङ्गलबार

स्याङ्जामा ‘बृहत् साहित्य सम्मेलन’ सम्पन्न

स्याङ्जा ।

पण्डित आनन्दमणि, टुल्की-नन्दकला स्मृति प्रतिष्ठानको आयोजना तथा आनन्द आश्रम ज्ञान केन्द्रको व्यवस्थापनमा बृहत् साहित्य सम्मेलन सम्पन्न भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वका रूपमा प्रा. डा. जगदीशचन्द्र भण्डारी हुनुहुन्थ्यो । डा. पुष्करराज भट्ट, श्रीओम रोदन, प्रा. डा. कपिलदेव लामिछाने, डा. रमेश शुभेच्छुलगायतका आमन्त्रित व्यक्तित्वहरू रहेको कार्यक्रममा काठमाडौँ, रुपन्देही, पाल्पा, पोखरालगायतका विभिन्न स्थानबाट उपस्थित साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्वप्रथम राष्ट्रगान प्रस्तुत गरिएको थियो । त्यसलगत्तै सहिदहरूप्रति सम्मानस्वरूप १ मिनेट मौनधारण गरिएको थियो । प्रमुख अतिथिद्वारा ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरिएको हो । सोही अवसरमा त्रिलोचन ढकालद्वारा लिखित पेच शीर्षकको लघुकथासङ्ग्र लोकार्पण गरिएको थियो ।