कथा

काठमाडौं ।
गायक श्रीजय थपलियाको चलचित्र भन्ने गीत सार्वजनिक भएको छ । गीतमा गायक श्रीजय थपलियाको नै शव्द/सँगीत रहेको छ ।
गीतको सँगीत सँयोजन लुमन स्थापितले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग दिनेश श्रेष्ठको रहेको छ । गीतमा सार्थक भट्टराई, मनिका शर्मा चौहान, नितम चौहान, राहुल पराजुली तथा महेशको अभिनय देख्न सकिन्छ ।
गीतको छायांकन भेनस फिल्मसद्वारा भएको हो भने निर्देशन सम्राट चौहानले गरेका हुन् । गायक थपलियाको यो भन्दा अगाडि अन्तरीक्ष, पहेँलो फूल, सत्यता, माया, बिस्तारै, हतासिन्छ, खोजी भन्ने गीतहरु सार्वजनिक भईसकेको छ ।