समाचार

काठमाडौँ ।
गायक यम बरालको नयाँ गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बुधवार काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए । उनले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गरे ।
गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।