• २०८१ बैशाख ४ मङ्गलबार

चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ/२९ फागुन, २०७८

शनिबार रेणुका चौलागाईंको मुक्तकसङ्ग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. कृष्णहरि बरालले सङ्ग्रहको विमोचन गर्दै यस कृतिले नेपाली नारीमनका यावत विषयलाई सशक्त ढङ्गले उठाएको मात्र नभई सिंङ्गोे धरातलको प्रतिनिधित्व गरेको बताए ।

कार्यक्रममा वरिष्ठ मुक्तककार रुद्र ज्ञवाली, समालोचकद्वय ज्ञानु अधिकारी र चूडाप्रसाद चौलागाईंले मुक्तक सङ्ग्रहमाथि थप प्रकाश पारेका थिए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा समारोहका सभापति कवि रामकाजी कोने र महासचिव कवि रमेश पौडेलले सङ्ग्रहमाथि आ- आफ्नो मन्तव्य प्रकट गरेका थिए ।