समाचार

काठमाडौँ ।
गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ गीत सार्वजनिक भएको छ । गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।
प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने ‘म त एक्लै ज्यूँछु बरु’मा एलिना गज्जबसँग खुलेकी छन् । भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ । आयुष क्षेत्री प्रिन्सको निर्देशन,सुविन गोदारको छायाङ्कन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माको रहेको छ ।