English Poem

प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको इतिहासस् छापादेखि डिजिटलसम्म पुस्तक लोकार्पण र्गयो, जसमा प्रेस स्वतन्त्रताको महत्वबारे जोड दिइयो । शिक्षा मन्त्रीले प्रेस स्वतन्त्रता जोगाउनुपर्ने र प्रेस काउन्सिललाई सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे, साथै दक्षिण एसियामा नेपालको प्रेस स्वतन्त्रता तुलनात्मक रूपमा राम्रो रहेको बताए । पुस्तक विमोचन समारोहमा पत्रकारिताको विश्वसनीयता गुम्दै गएको र अफवाह बढेको चिन्ता व्यक्त गरियो, साथै पत्रकारिताको मूल मर्ममा गम्भीर हुन आह्वान गरियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तक विमोचन गरे । कार्यक्रममा शिक्षामन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्ने धारणा व्यक्त गरे । उनले पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।
‘तुलनात्मक रूपमा दक्षिण एसियामा हेर्दा नेपालमा प्रेस स्वतन्त्रता बढी रहेको छ’, मन्त्री पन्तले भने, ‘पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन । तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ । पत्रकारहरूले लडेर ल्याएको हो प्रेस स्वतन्त्रता । यसलाई सबैले जोगाउन सहयोग गर्नुपर्छ । स धैँ सरकारमा नभए पनि प्रेस स्वतन्त्रतालाई खुम्च्याउन दिनुहुँदैन ।’ उनले प्रेस काउन्सिललाई शक्तिशाली र प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्ने बताए । ‘प्रेस काउन्सिललाई शक्तिशाली बनाउनुपर्छ र न्याय प्रणालीसँग सम्बन्धित जनशक्ति यहाँ आवश्यक छ । आजको समयलाई निर्देश गर्न सक्ने काउन्सिल चाहिन्छ । काउन्सिलले प्रेस स्वतन्त्रताका बारेमा चिन्ता राख्दै सञ्चारमाध्यम निर्धारित मार्ग दिशाभन्दा बाहिर नजाओस् भनेर प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्नुपर्छ’, उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय सञ्चारमाध्यममा भएका परिवर्तन कोशेढुङ्गाका रूपमा रहेका उल्लेख गर्दै समाचारका विषयवस्तुमा बृहत् छलफल गर्नु आजको आवश्यकता देखिएको बताइन् । उनले भनिन्, ‘प्रकाशन÷प्रसारण गर्ने सामग्रीका विषयमा छलफल गर्न आवश्यक देखिएको छ । सूचना सत्य हुनुपर्छ । सत्य सूचनाले नै ज्ञान र बौद्धिकता बढाउँछ । ज्ञान र बुद्धि बढाएर समाज रूपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चारजगतलाई अनुरोध छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका सङ्घर्ष र यथार्थ बोकेको बताए । उनले भने, ‘पत्रकारितामा विश्वासको धागो मक्किँदै जान थालेको छ । अफवाह र आधारहीन सूचना तथा समाचार छरिएका छन् । पत्रकारिताको मूल मर्ममा हामी सबै गम्भीर हुन आवश्यक छ ।’ उनले यो पुस्तक अङ्ग्रेजी संस्करणमा पनि प्रकाशन गर्ने तयारी भइरहेको जानकारी गराए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताइन् । उनले भनिन्, ‘सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ ।’ पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबिच सार्थक संवादको आवश्यकता देखिएको बताए । उनले यस्तो छलफल अघि बढाउन र सञ्चारमाध्यमसँग चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी हुने प्रतिक्रिया दिए ।