English Poem
छ
यहाँ
निष्फिक्री
उन्माद त्यो
निर्बस्त्र तन
मानौं हो चलन
अतृप्त प्यास भोक
सत्ता भोगको डुबुल्की
बेहोशी नर्तकीको बैंस
प्रेमालाप बन्यो रासभोग
दम्भ शक्तिको पराकाष्ठा
कालो धनले उन्मत्त
मद्यालयको मात
खोजौँ मानवता
भातृ अस्तित्व
र सा त ल
क्षणिक
त्यागौँ
त्यो ।
शंकर दर्नाल २ कपिलवस्तु ।