• २०८२ कार्तिक १८, मंगलवार

त्रिकाल

गिरिधारी उपाध्याय

गिरिधारी उपाध्याय

खै
देखो
कसैले !
भन्छ मात्र
के हुन्छ भोलि
ऊ खडा छ आज
खोज्दैछ अनिश्चय
वर्तमानमा रुँदैछ
अतित भुलेछ मान्छेले
बुझेन नि सृष्‍टिको रहस्य
जन्मदा पनि आज थियो
रात निद्रामा बितायो
बिहानी जागे पछि
वर्तमान आयो
अतित गयो
अनिश्चित
भविष्य
मृत्यु
हो


गिरिधारी उपाध्याय
गेलापोखरी
विश्वनाथ असम