Uncategorized

०७ जेठ २०७९, काठमाडौँ,
कवि बसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालो भरिको अनुभूति’होटल हार्दिक वागबजारमा एक समारोहबीच लोकार्पण भएको छ ।
प्रमुख अतिथि कवि तथा लोक संस्कृतिविद् तुलसी दिवसले उक्त पुस्तकको विमोचन गरेका थिए । विमोचित कृति र कृतिकारको विषयमा बोल्दै विगत १८ बर्षदेखि अमेरिकालाई कर्मभूमि वनाएका सकृय साहित्यकार गोविन्दगिरी प्रेणाले अमेरिकामा कृतिकार संगको सहकार्यको सम्झनागर्दै सो कृतिले कसरी पुस्तकारको रूप लियो सो वताए । कवि वसन्तले प्रस्तुत कृतिमा उनको भोगाई र अनुभूति लेखे पनि अमेरिकाका धेरै नेपालीको कथा व्यथाको झल्को पाइने उनको मत थियो । विमोचित कृतिका कृतिकार वसन्त श्रेष्ठले लेखकीय धारणा प्रस्तुत गर्दै लेखनको क्रममा सहयोग गर्ने तथा प्रकाशनमा सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा कवि हरि अधिकारी, भागीरथी श्रेष्ठ, लव गाउँले, राजेन्द्र शलभ, विश्वबिमोहन श्रेष्ठ, प्रमोद प्रधान, साहित्यिक पत्रकारहरू जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, राजेश खनाल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ, प्रद्युम्न जोशी, ध्रुव मधिकर्मी, उषा के.सी. जय छाङ्छा, उमेश अकिञ्चन लगायत अन्य अतिथिहरू र लेखक श्रेष्ठका परिवारहरूको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन कवि मणि लोहनीले गरेका थिए भने कार्यक्रमको सभापतित्व साहित्यपोष्ट डट कमका सम्पादक अश्विनी कोइरालाले गरेका थिए ।