• २०८२ कार्तिक १३, बिहीबार

मासिक कथावाचनमा सुनिए विभिन्न अवधिका कथा

काठमाडौँ ।

कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत हरेक महिनाको अन्तिम शुक्रबार आयोजन हुँदै आएको कथा वाचनको अर्को शृंखला सम्पन्न भएको छ । कार्यक्रममा दिवंगत स्रष्टाका कथा अन्तर्गत कथाकार तारिणीप्रसाद कोइरालाको ‘आमाको हृदय’ शीर्षकको कथा शारदा मासिकको वर्ष पाँच संख्या १२ (वि. सं १९९६) को अंकबाट वाचन गरियो ।

उप्रान्त कथाकारहरू इस्माली, सुभाषचन्द्र पौडेल भीमफेदीया, इन्दिरा प्रसाई, हिरण्यकुमारी पाठक र रमेशजंग थापाले विभिन्न समयमा प्रकाशित आफ्ना कथा वाचन गरे । कार्यक्रममा परिकल्पनाकारहरू अग्रज कथाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे प्रकाश पारे । चन्द्रप्रसाद भट्टराईले कथा वाचन शृंखलाबारे बोले ।