आमा !
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँ
चोरि र मारपिट कहिल्यै हुँदैँन
शोषकहरूको पिरले दुःखी रूँदैन
जहाँ गएर
हराउला मनका सारा घाउ
आमा
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँ
रिस र डाहको निशानी नहोस्
धनले पोलिएका धनी नहोस्
नहोस त्यहाँ कुनै दुर्जनका पाउ
आमा
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँ
मान्छेले मान्छे नमारोस्
आफ्नो देश आफैँ ध्वस्त नपारोस्
नबिगारोस आफैँले आफ्नो नाउँ
आमा
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँ
हिसां र अधर्मको बाटो नहोस्
दुर्नितीको कुनै पाटो नहोस्
जहाँको वातावरणमा म रमाऊँ
आमा !
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँको परिवेशले
शीतलता दिन्छ
विरहीको पीडाआफ्नो ठानी लिन्छ
जुन ठाऊँको
पत्ता पत्तामा म समाऊँ
आमा !
कहाँ छ त्यो ठाँउ ?
आमा
कहाँ छ त्यो गाउँ ?
जहाँ
साहित्य संस्कृतिको संरक्षण होस्
जाति र स्व-धर्मको सम्मान होस्
जहाँ
पुख्र्यौली गौरवको म अस्तित्व भेटाऊँ
आमा
कहाँ छ त्यो ठाउँ ?
आमा
कहाँ छ त्यो गाउँ ?
बिकाश दुलाल, विश्वनाथ, असम,(भारत)